हेर बाबु !!
म पनि पछी गएर
त्यसै गरी आकाशमा उड्ने छु ।
सबैलाई हेर्ने छु अनि….
अनी मुस्कुराउदै भन्नेछु
हो, म पनि चरा जस्तै उड्न सक्छु
म पनि एउटा आजाद पन्छी हुँ ।

ति चार भित्ताको पिँजडाले मलाई
जतिसुकै कंसेर राख्न खोजेपनि
हेर बाबु!
म एकदिन जरुर त्यसबाट आजाद हुनेछु
संसार हेर्ने छु
अनि…
अनि मुस्कुराउदै आकाशमा उड्नेछु,
एउटा आजाद पन्छीजस्तै।।

ति शब्दका जालहरुले मलाई 
भित्र भित्रै गलाईरहे पनि
हेर बाबु!
एकदिन म जरूर तिनलाई बुझ्नेछु
अनि…
अनी तिनै शब्द सँग खेलि
जिवन झन सुन्दर बनाउनेछु 
र,
र म पनि त्यो आकाशमा उड्ने छु
एउटा आजाद पन्छी जस्तै ।।

ति ठुला ठुला किताब अनि
त्यो एउटा अचम्मको भाडोले मलाई
जति च्याप्न खोजे पनि
म तिनै लाई सहारा लिई
अझ माथि पुग्नेछु अनि…
अनि…हेर बाबु!!
म पनि एकदिन आकाशमा उड्नेछु,
एउटा आजाद पन्छी जस्तै।।

त्यो कुहिएको समाजले मलाई
सँगै कुहाउन खोजे पनि,
म त्यसलाई खाल्डोमा फालि 
मल बनाइ त्यसैबाट सबै तत्व तान्नेछु अनि…
अनि
हरक्क बढी
अझ माथी गई
म पनि बाबु,
एकदिन आकाशमा उड्नेछु
एक आजाद पन्छी जस्तै ।।

त्यी बत्तिदै कसैको मुख बाट आएका 
शब्दहरुलाई,
म आफ्नो बलियो साहाराको रुपमा लिनेछु 
अनि…
अनी हेर बाबु!
तिनै शब्दको माध्यमबाट,
म पनि एकदिन आकाशमा उड्नेछु
एउटा आजाद पन्छी जस्तै!!!
एउटा आजाद पन्छी जस्तै!!


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s